नियम ९क
प्राविधिक कार्यक्रम स्तरोन्नति (अपग्रेड) गर्ने वा हटाउने (फेजआउट)
(१) आयोगले देहायको आधारमा परिषद् अन्तर्गत सञ्चालित प्रमाणपत्र तहभन्दा मुनिको स्वास्थ्य शिक्षा सम्बन्धी प्राविधिक कार्यक्रमको स्तरोन्नति गर्नेछः-
छू पहिलो संशोधनद्वारा थप। (क) विगत दुई आर्थिक वर्षदेखि निरन्तर सञ्चालनमा रहेको, तर प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्बाट स्वीकृति लिई कम्तीमा दुई वर्ष कार्यक्रम सञ्चालन नगरेको वा संस्था सञ्चालनको स्वीकृति प्रचलित कानून बमोजिम स्थगन वा रद्द भएको संस्थाको कार्यक्रम स्तरोन्नति गरिने छैन।
(ख) स्तरोन्नति गर्न चाहने संस्थाले परिषद्ले तोकेको प्रमाणपत्र तहको
कार्यक्रम सञ्चालनका लागि चाहिने न्यूनतम मापदण्ड पूरा गरेको,
(ग) खण्ड (क) बमोजिम सञ्चालनमा रहेका दुई वा दुई भन्दा बढी संस्थाहरू
प्रचलित कानून बमोजिम गाभिई (मर्ज भई) सञ्चालनमा रहेको ।
(२) उपनियम (१) बमोजिम स्तरोन्नति नभएका परिषद् अन्तर्गत सञ्चालित प्रमाणपत्र तह भन्दा मुनिका स्वास्थ्य शिक्षा सम्बन्धी प्राविधिक कार्यक्रम हटाइनेछ।